काठमाडौंको वडा नम्बर २८मा केशव स्थापित र बालेनको बराबरी भोट
मेरोन्यूज
२०७९ जेठ ४ गते २०:४८

काठमाडौं । काठमाडौैं महानगरको २८ नम्बर वडामा एमालेका उम्मेदवार केशव स्थापितले लिएको अग्रता समाप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले उनलाई भेट्टाएका छन् ।
यस वडामा अहिलेसम्म ७ सय मतको गणना सकिएको छ । प्राप्त विवरण अनुसार स्थापित र बालेनले समान १८१र१८१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको १४२ भोट छ ।
वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । पुरानो बसपार्क–बागबजार क्षेत्रमा यो वडा पर्छ । स्थापितले बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए । वडा नम्बर २८ को मतगणना सुरुभएपछि स्थापितले प्रारम्भिक अग्रता लिएका थिए ।
अहिलेसम्म काठमाडौं महानगरको ४८३०१ भोट गणना भएको छ । जसमा बालेनले १८७९५ भोट ल्याएर अग्रस्थानमा छन् । दोस्रो र तेस्रो स्थानमा रहेका स्थापित र सिर्जनाले क्रमशः ९५९६ र ९१७२ भोट ल्याएका छन् ।
सम्बन्धित
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया