सेयर बजार २३ अंकले ओरालाे

काठमाडाैं । सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालाे लागेकाे गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालाे लागेकाे नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१ अंकले ओरालाे लागेकाे हाे ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालाे लागेकाे छ ।
बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
बिहीबारकाे कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालाे आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक : रास्वपाका १०४ उम्मेदवार विजयी
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया