प्रदेश सांसद अधिकारीकी श्रीमती वडाध्यक्षमै पराजित

लमजुङ । जिल्लाको स्थानीय तह निर्वाचनको परिणाममा नेकपा एमालेको अवस्था सन्तोषजनक छ । ८ वटा पालिका रहेको लमजुङमा जिल्लाको सदरमुकामको नगरपालिकामा एमालेले जितेको छ । बेँसीसहर नगरपालिकामा यसअघि पनि एमालेले जितेको थियो ।
योपटक पनि प्रमुख र उपप्रमुख एमालेले जितेको छ । सदरमुकाम बेँसीसहरसँगै एमालेले मर्स्याङ्दी गाउँपालिका, क्वहोलासोथर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने दोर्दी गाउँपालिकाको प्रमुख जितेको छ । यस्तै एमालेले सुन्दरबजार र मध्यनेपाल नगरपालिकाको उपप्रमुख जितेको छ ।
तर, यसअघि निर्वाचित भएका जिल्लामा एमालेका केन्द्रीय स्तरका नेताका वडाहरूमा भने अन्य पार्टीले जित निकालेका छन् । एमालेका गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको दुधपोखरी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् । केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज मायानाथ अधिकारीकै वडामा पनि नेपाली कांग्रेस विजयी भएको छ ।
दोर्दी १ भारतेमा मायानाथ अधिकारीकै श्रीमती इन्दिरा लम्साल अधिकारी वडाध्यक्षमा नेपाली कांग्रेससँग पराजित भएकी छन् । उनी एमाले जिल्ला कमिटी सदस्य समेत हुन् ।
देशका विभिन्न स्थानमा रहेका केन्द्रीय स्तरका नेताहरूकै वडामा फरक पार्टीले जित निकालिरहेको अवस्थामा लमजुङ जिल्लामा पनि फरक परिणाम आएको हो ।
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया