मंगलबार, माघ २०, २०८२

सैनामैना नगर प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले निर्वाचित

मेरोन्यूज २०७९ जेठ ६ गते २०:४४

रुपन्देही । जिल्लाको सैनामैना नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका घिमिरे १५ हजार ६८६ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चित्र बहादुर कार्कीले १५ हजार १०४ मत मात्र प्राप्त गरे । शर्माले निवर्तमान प्रमुखलाई ५८२ मतले पछि पार्दै विजय निकालेका हुन ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी विना राना १५ हजार ७६२ मत ल्याउँदै विजयी घोषित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मान बहादुर महतले १३ हजार ७२० मत ल्याए ।

११ वटा वडा रहेको नगरमा वडा नम्बर १ वडा नम्बर १ मा माओवादीका भुवन बहादुर क्षेत्री २ हजार ३९१ मत ल्याई विजयी भए ।

वडा नम्बर २ मा नेकपा एमालेका अम्मर बहादुर केल ९४५ मत प्राप्त गरे । यस्तै, वडा नम्बर ३ मा नेकपा एमालेका तम बहादुर पुर्जा १ हजार ३९६ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका राम प्रसाद अधिकारी २ हजार १८३ मतका साथ विजय भए ।

वडा नम्बर ५ मा एमालेका धन प्रसाद पौडेल १ हजार ४६० मतले, वडा नम्बर ६ मा नेपाली कांग्रेसका गोपाल पोख्रेल १ हजार ८२२ मतले, वडा नम्बर ७ मा पनि कांग्रेसकै राज कुमार चौधरी १ हजार १० मतले, वडा नम्बर ८ मा नेकपा एमालेका बुद्धिराम चौधरी थारु १ हजार २१९ मतले, वडा नम्बर ९ मा एमालेकै भानुभक्त पाण्डे १ हजार १४९ मतले विजयी बनेका छन् ।

यस्तै, वडा नम्बर १० मा एमालेकै कृष्ण प्रसाद घिमिरे १ हजार ७१२ मतले र वडा नम्बर ११ मा एमालेकै उम्मेदवार राम प्रसाद भुसाल १ हजार ६०५ मतसहित भए ।

प्रतिक्रिया