७ वर्ष अघिको अर्को दर्दनाक घटनाः
‘बाथरुम,अफिस, होस्टेल कोठा, जहाँ पनि उसले मलाई बलात्कार गर्यो’

काठमाडौं । ‘ब्युटि प्याजेन्ट’को नाममा यौन शोषण भएको घटना बाहिरिएसँगै अर्को बलात्कारको घटना समेत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ । पीडितको पक्षमा उभिएको जन लहरलाई देखेपछि फेरी अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोलेकी छिन् ।
आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा एक युवतीले आफूमाथि सात वर्षअघि विद्यालयका प्रिन्सिपलले नै दुई वर्षसम्म पटक–पटक बलात्कार गरेको भन्दै आफ्नो घटनाक्रम सुनाएकी छन् ।
आफ्नो पहिचान नखुलाईकन फेसबुकमा युवतीले दिएको बयानअनुसार इटहरीका ब्लुमिङ लोटस ईंङलीस सेकेन्डरी स्कुलका प्रिन्सिपल राज खड्काले २०७२र७३ मा उनीमाथि यौन शोषण गरेको बताएकी छिन् । १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला आफूमाथि प्रिन्सिपलले पटक पटक बलात्कार गरेको उनले जनाएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रिन्सिपलको तस्बिरसमेत सार्वजनिक गरेकी छन् ।
पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई बलात्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थालेको पिडितले सामाजिक सञ्जाल मार्फत जनाएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुमाथी भएको यातनालाई यसरी खुलाएकी छिन्:
** मेरो अघिल्लो पोष्ट रिपोर्ट गरिएको थियो र इन्स्टाग्रामले हताइदियो
**रेजिनाको आवाज
७ वर्षअघिको घटना भएकोले बाहिर निस्कने हिम्मत थिएन तर अहिले सुस्मिताका लागि जम्मा भएको जनसमुदाय देखेर म यहाँ आशा लिएर उभिरहेकी छु, अब मेरो मुद्दा बाहिर आएको छ र बलात्कारीको पर्दाफास भएको छ ।
घटना वर्ष २०७२/७३ को आसपासको हो।
म इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलको विद्यार्थी थिएँ । मलाई तत्कालीन प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गरे । म होस्टेलमा बस्ने गर्थे र म कक्षा ९ मा थिएँ जब यो सबै सुरु भयो। मलाई त्यति बेला छातीमा समस्या देखिएको थियो, मेरो उपचारको लागि मेरो बुवाले एक पटक विदेशबाट उसको (प्रिन्सिपल) खातामा पैसा पठाउनुभयो, (आमाको खातामा नभई उहाँको खातामा पैसा किन पठाउनुभयो भनेर म पछि बताउनेछु) त्यसपछि उहाँले मलाई स्कुलबाट प्रिन्सिपलको साथमा सिधै अस्पताल जान भन्नुभयो । प्रिन्सिपलले मलाई अस्पताल लैजानुको सट्टा सीधै होटेलमा लग्यो । उसले मलाई केहि खान भन्यो तर मैले मानिन । म डराइरहेको थिए र मलाई पसिना आइरहेको थियो र उसले मलाई ‘यता आऊ यहाँ गर्मी हुँदैन’ भन्दै कोठा तिर जान भन्यो । त्यति बेला म १५ वर्षको थिएँ । उसले कोठामा थुन्यो र ताला लगायो र मलाई चाप्लुसी स्वरमा खाना खान भन्यो, मैले फेरी मानिन। त्यसपछि उसले मेरो स्कुलको ड्रेस च्यात्यो र मलाई बलात्कार गर्यो ।
उसले यसको भिडियो पनि बनायो र मलाई ब्ल्याक मेल गर्न प्रत्येक पटक त्यो भिडियो प्रयोग गर्यो । यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई बलात्कार गर्यो ।
उसले मलाई बिदामा पनि घर जान दिएन, घर गयो भने मेरो पढाइ खस्किन सक्छ त्यसैले होस्टेलमा बस्नु राम्रो हुने भनी मेरो घरमा भन्यो । म माथिको मेरो भनाई स्पष्ट पार्छु। मेरो बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनुको कारण चैँ छोरी राम्रो पड्दै छ र उसको लागि घर नजानु नै राम्रो हो भनी उसले मेरो अभिभावकलाई यसरी गलत विश्वास दिलायो, त्यही भरोसाको कारण मेरो बुवाले उसको खातामा पैसा पठाउनु हुन्थ्यो ।
मलाई घर जान नदिने, आमाबुवाले उसको कुरामा विश्वास गरेर सधैँ होस्टेलमै हुन दिनु, मेरो आमा स्कुलबाट ५ मिनेट टाढा बस्नु हुन्थ्यो र पनि मलाई प्रिन्सिपलले अस्पताल लैजान दिनु भयो, यो सब फिल्मी जस्तो सुनिन्छ नि होइन रु तर यो मेरो जीवनको वास्तविक कथा हो ।
मैले मेरा साथीहरूलाई भएका हरेक घटनाहरू भनेँ तर कसैले पत्याएनन् । म बाल्यकालदेखि नै हकी स्वभाव र बोल्ने खालको थिएँ, त्यसैले सबैले मेरो चरित्रलाई नै दोष दिन्थे, म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्, कसैले मेरो पक्षमा अडान लिएनन् । म मेरो युद्धमा एक्लै थिएँ । मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भने (उसको त्यति बेला श्रीमती र एक छोरा थिए), तर उनले पनि मेरो लागि बोलिन। मैले स्कुलमा ३ पटक (२ वर्ष भित्र) आत्महत्या गर्ने असफल प्रयास गरे। न म मरे, न मेरो समस्या समाधान भयो ।
एसईई सकेपछि परिवारलाई यो कुरा भन्ने हिम्मत जुटाए तर न्याय पाइनँ, त्यो बलात्कारी फरार भयो र मेरो मुद्दा अझै चलिरहेको छ, उनीहरू भन्छन् । जब म फलो अप गर्थेँ, प्रहरीले कहिले बलात्कारीलाई खोज्दै छौ भन्छ। ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ??? अन्तिममा मैले न्याय पाउने आशा गुमाए र प्रहरीलाई फलो अप गर्न छोडेँ, तर जब सामाजिक सञ्जालमा न्यायको लागि हल्ला गरेको सुन्दा त्यो घटनाले बारम्बार आघात पर्छु र म एक कमजोर केटी मेरो विगत सम्झेर रातभर रुन्छु ।
बलात्कारी काठमाडौंमा रहेको र एउटा स्कुलको प्रिन्सिपल नै भएर काम गरिरहेको सुनेको छु ।
न्याय पाउने आशा लिएर ७ वर्ष सम्म मै सँग मात्रै रहेको मेरो कथा आज सेयर गर्दै छु ।
आरोपी फरार सुचिमा !
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेन्द्र कार्कीले यस घटना २०७४ सालामा नै जिप्रकामा दर्ता भएको पुष्टि गरेका छन् ।
डिएसपी मेरोन्यूजसँग भने,‘२०७४ साल भदौमा जाहेरी परेको थियो । हामीले मंसिरमा नै सजाय गर्न भनेर सरकारी वकिल कार्यालयलाई मिसिल बुझाएका हौ, र आरोपीलाई सजायका लागि पनि आह्वान गरेका थियौ तर सरकारी वकिल कार्यालयले के निर्णय गर्यो भन्ने थाहाँ पाउँन आज कार्यालय बन्द भएको कारणले भोली नै कुर्न पर्छ ।’















वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
ललितपुरका ३ निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया