मंगलबार, माघ २०, २०८२

धरानको मेयरमा हर्क साम्पाङ निर्वाचित

मेरोन्यूज २०७९ जेठ ८ गते १७:०८

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।
हर्कले २० हजार ८२१ मत पाए । भने दोस्रो स्थानमा रहेका उनका निकटम प्रतिद्धन्द्धी किशोरले १६ हजार ५९ मत भने नेकपा एमालेकी मञ्जु भण्डारीले ७ हजार छ सय छ मत पाइन् ।

धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया