मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की पीडित पुगिन प्रहरीको सम्पर्कमा

काठमाडौं । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट पीडित भएको भन्दै अर्की एक युवती पनि प्रहरीमा पुगेकी छन् ।
उनी आइतबार उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेकी हुन् । सौन्दर्य प्रतियोगिताको नाममा ८ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डेलाई शनिबार मात्रै प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ परेपछि आइतबार एक युवती प्रहरी कार्यालयमा पुगेर आफू पनि पाण्डेबाट पीडित भएको बताएकी छन् । पाण्डेले आफूमाथि यौन शोषण गरेको उनको आरोप छ ।
यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन्।
उनले घटना सार्वजनिक गरेसँगै दोषीलाई तत्काल कारबाही गर्न सडकदेखि संसदसम्म आवाज उठेको थियो।
त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न एसएसपी कुँवरको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान समिति बनाएको थियो। समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ।
शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध ती किशोरीले पनि सोमबार जाहेरी दिने तयारी गरेकी छन्।
पाण्डेलाई प्रहरीले मानव बेचविखन तथा ओसारपसारको मुद्दा चलाउने तयारी गरेको छ।
















यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह
अवैध धन्दाकाे आराेप लागेका ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया