पुर्चौडीका नवनिर्वाचित प्रमुखकाे निर्णय-सहिद परिवारलाई वार्षिक २५ हजार निर्वाह खर्च दिने

बैतडी । बैतडीको पुर्चाेडी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै केही निर्णय पनि गरिएका छन् ।
पुर्चौडी नगरपालिकाले प्रमाणीकरण सूचीमा रहेका सहिद परिवारहरुलाई सम्मान स्वरुप प्रतिपरिवारलाई वार्षिक एकमुस्ट २५ हजारका दरले निर्वाह खर्च उपलब्ध गराउने र जनयुद्धका घाइतेहरूका लागि निशुल्क उपचार हुनेगरी स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको छ ।
यसैगरी नगरपालिकाले पालिकाको केन्द्रमा रहेको पुर्चाेडी हाट स्वास्थ्यचौकीबाट आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना १ साउनदेखि नै एक्सरे तथा भिडियो एक्सरेसहितको चिकित्सकीय सेवा सुचारु गर्ने निर्णय पनि गरिएको छ । यसैगरी ज्येष्ठ नागरीक तथा दिर्घ रोगीहरुको निशुल्क स्वास्थ्य परीक्षण र उपचारका लागि गाउँघरमै चिकित्सक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यसैगरी नगरपालिका भित्र सञ्चालित विद्यालयहरूमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अध्ययन निशुल्क गर्न विद्यार्थीहरूको भर्ना तथा पठनपाठन शुल्कबापतको रकम शाेधभर्ना गर्ने निर्णय पनि भएको छ ।
पुर्चौडी नगरपालिकाका १० वटै वडाहरूमा विद्युत् विस्तार कार्य प्रारम्भ गरी दुई वर्षभित्रमा उज्यालो पुर्चाेडी घोषणा गर्ने निर्णय पनि गरिएको छ ।
पुर्चौडी नगरपालिकाले जनयुद्धका बेला सहिद परिवारलाई वार्षिक २५ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय भएको छ । नगर प्रमुख दीपकबहादुर बमले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रुपमा सो निर्णय गरिएको हो ।
नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेसँगै निवर्तमान नगर प्रमुख रण बहादुर कुवँर र उपप्रमुख जानकी ऐर बमको बिदाई पनि गरिएको छ ।
















महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया