चुनावमा धाँँधली भयो, आफ्नै नेता कार्यकर्ताले पनि भोट दिएनन् : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’
के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।
संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहो¥याएको छ ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया