नवरत्न फ्रि हेड मसाज क्याम्प बस्दै

काठमाडौं । मालिस गर्ने तेलको रुपमा प्रसिद्ध नवरत्न तेल इमामी कम्पनीको एक विशिष्ट उत्पादन हो । विभिन्न ९ आयुर्वेदिक जडिबुटीहरुको समिश्रणबाट तयार पारिने नवरत्न तेल नेपालको बजारमा एक अग्रणी स्थान ओगट्न सफल मालिस तेल हो ।
विशेष गरेर टाउको र शरीर दुवैको लागि मालिस गर्न उपयुक्त यो तेल महिला र पुरुष दुवै वर्गको लागि सुहाउँदो छ । यो तेलले मालिस गरेपछि गहिरो आराम, मानसिक कायाकल्प, र ठण्डा ठण्डा चिसोको अनुभव, शरीरको दुखाई कम हुने, तनाव र दवाबबाट मुक्त गराउने तथा शारीरिक एवं मानसिक आराम प्रदान गर्दछ ।

नवरत्न तेललाई अझ बढी उपभोक्ताहरुमाझ पु¥याउने लक्ष्यका साथ विगत केही वर्षदेखि संचालन गरिंदै आएको नवरत्न आयल फ्रि हेड मसाज क्याम्प यो वर्ष पनि संचालन गरिने भएको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरु पोखरा, नेपालगन्ज, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, हेटौंडा, भरतपुर, धरान लगायत अन्य शहरहरु संचालन गरिने यो फ्रि मसाज क्याम्प जम्मा १५० दिनसम्म संचालन हुनेछ । जुन क्याम्पबाट लाखौं ग्राहकहरुले तेल मालिसको लाभ लिन सक्नेछन् ।

क्याम्प संचालनका सम्बन्धमा जानकारी दिंदै नवरत्न तेलका ब्राण्ड मैनेजर श्री विकास तिवारीले भने “हाल नेपालमा कोरोना महामारीको अवस्था लगभग शुन्य छ । विगतमा कोरोनाकै कारण हामीले आम उपभोक्ताहरुले अत्यन्त रुचाउनु भएको यो क्याम्प संचालन गर्न असमर्थ भएका थियौं र अहिले हामी फेरि क्याम्प संचालनका लागि अग्रसर भएका छौं । क्याम्पको अवधिभर हामीले ५० जिल्लाका करिब १० लाख जनाले फ्रि हेड मसाजको फाइदा लिनु हुने अपेक्षा गरेका छौं । म सबै महानुभावहरुलाई यस क्याम्पमा सहभागी भएर मालिसको आनन्द उठाउन हुन आग्रह पनि गर्दछु ।”
















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया