फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुँदै

काठमाडौँ । फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रा.लि.को आयोजनामा यही २० गतेदेखि हुने भएको हो ।
कोरोना भाइरस (कोभिड १९)पछि नेपाली डिजिटल प्रविधिका अनेकौँ आयामको विकास भएसँगै कन्क्लेभको आयोजजना गरिएको हो । कन्क्लेभमा डिजिटाइजेशनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीका बारेमा सबै सरोकारवालासँग छलफल हुनेछ ।
यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेशनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ ।
नेपालको डिजीटल विकासबारे अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र हुने छ । यस्तै, कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्धारा कि–नोट स्पीच प्रस्तुत हुनेछ ।












आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया