द भ्वाइस अफ नेपाल सिजन–४ को टाइटल स्पोन्सरमा बजाज पल्सर

काठमाडौँ । नेपालको नम्बर एक गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–४ को टाइटल स्पोन्सरमा ‘बजाज पल्सर’ अनुबन्ध भएको छ ।
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बजाज पल्सरका तर्फबाट गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यू गोल्छा र भ्वाइस अफ नेपालका तर्फबाट हिमालय टेलिभिजनका तर्फबाट अध्यक्ष धर्मराज भुसाल एवं कार्यकारी निर्देशक श्याम कडेलवीच टाइटल स्पोन्सरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
टाइटल स्पोन्सरका रुपमा अनुबन्ध भएसँगै द भ्वाइस अफ नेपालको यो श्रृङ्खलालाई ‘बजाज पल्सर प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल सिजन ४’ का रुपमा उल्लेख गरिने छ । नेपालको युवामा लोकप्रिय भ्वाइस अफ नेपालको टाइटल स्पोन्सरमा अनुबन्ध हुन पाउनु पल्सरका लागि गौरवको विषय भएको गोल्छा ग्रुपका प्रबन्ध निर्देशक गोल्छाले बताए । पल्सर पनि युवापुस्ताको ब्राण्ड भएकाले भ्वाइस र पल्सरबीचको सहकार्य अर्थपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा हिमालय टेलिभिजनका अध्यक्ष भुसालले बजाज पल्सरलाई टाइटल
स्पोन्सरका रुपमा पाउनु भ्वाइस अफ नेपाल र हिमालय टेलिभिजनका लागि महत्वपूर्ण रहेको बताए । नेपाली गीतसँगीत क्षेत्रको प्रर्बद्धन एवं नयाँ प्रतिभाको खोजीमा दुईवटा ब्राण्डको सहकार्यले दीघकालीन अर्थ राख्ने उनको भनाइ थियो । भ्वाइस अफ नेपाल हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने छ ।













सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया