आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी

रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ।
आयल निगमको डिपोभित्र डिजल लोड गरेर बाहिर निस्कने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको प्रहरीले जनाएको छ।
डिजल र पेट्रोल लोड गरेर बाहिर निस्किने क्रममा आगलागी हुँदा दुईवटा ट्यांकरमा पूर्ण क्षति पुगेको छ। आगलागीबाट ट्यांकरमा पूर्णमात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी के-कति कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । शुक्रबार बिहान ११ बजेतिर ट्यांकरमा आगलागी भएको हो ।
आगलागी हुनासाथ सिद्धार्थनगर, बुटवल र तिलोत्तमा नगरपालिकाको दमकल तत्काल पुगी आगो नियन्त्रणमा लिएका थिए । यस्तै आगलागी नियन्त्रणमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, निगमका कर्मचारी, अग्नि नियन्त्रकसमेत खटिएका थिए ।
आगलागी नियन्त्रणमा करिब एक घन्टामा भएको समय लागेको छ । दमकल तत्कालै पुगेकाले आगलागीबाट ठूलो क्षति हुन पाएन । ट्यांकरमा भने क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया