सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गरेको अभियोगमा प्रहरी जवान पक्राउ
मेरोन्यूज
२०७९ जेठ १३ गते १३:२६

काठमाडौं । सामाजिक सञ्जालमा युवतीलाई साथी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले रौतहटको दुर्गा भवानीपुर गाउँपालिकास्थित प्रहरी चौकी बटेश्वरमा कार्यरत् प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो ।
युवतीलाई म्यासेज, च्याट, भिडिओ कल गर्ने र सोही क्रममा प्रलोभनमा पारी तस्बिर खिच्ने गरेको आरोप उनलाई लागेको थियो । त्यसरी खिचेका तस्बिर ह्वाट्सएप, फेसबुक लगायतमा पोष्ट गर्ने, धाकधम्की दिई पीडितलाई मानसिक तनाव, हैरानी, बदनाम र बेइज्जत गरेपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार थुनामा राखी अनुसन्धान थालिएको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया