सम्पर्कविहिन जहाज अपडेट
पाइलट घिमिरेका परिवारले भन्यो ‘उहाँको मोबाईलमा घण्टी गईरहेको छ, तर उठेकाे छैन’

काठमाडौं । दुई घण्टादेखि सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाजका पाईलट प्रभाकर घिमिरेको मोबाईलमा फोनको घण्टी गईरहेको उनको पारिवारीक श्रोतले जनाएको छ ।
पाइलट घिमिरेका परिवारीक श्रोतले मेरोन्यूजलाई भन्यो, ‘उहाँको मोबाईलमा फोन गईरहेको छ, तर उठेकै छैन ।’ मुस्ता’का प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले समेत पाईलट घिमिरेको मोबाईल ट्रयाक गरेर खोजी भईरहेको जनाएका छन् ।
प्रजिअ शर्माकाअनुसार धौलागिरि हिमाल रेन्ज आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ।
तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो ।
तारा एयरको पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको नाइन एनएइटी जहाज बिहान १०ः७ बजेसम्म शिख नजिकको आकाशमा रहँदासम्म सम्पर्कमा रहेको देखिन्छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका ३ जना सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन् ।
यसैबीच, नेपाल नागरिक उड्ययन प्राधिकरणले तारा एयरको जहाज अहिलेसम्म बेपत्तै रहेको उल्लेख गरेको छ । प्राधिकरणले दुर्घटनाको पुष्टि गरेको छैन ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया