सम्पर्कविहिन जहाज अवडेट
तारा एयरको जहाज मानापाथी हिमाल फेदीको पहिरोमुनि रहेको पुष्टि

काठमाडौं । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पाईएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण शिलवालका अनुसार मानापाथी हिमालको फेदीमा जहाज भेटिएको हो ।
‘स्थानीयका अनुसार मानापाथी हिमालको फेदीमा रहेको एक खोलाको बगरमा पहिरोमुनि बिमान दर्घटना भएको भन्ने खबर छ ।’उनले मेरोन्यूजलाई भने,‘नेपाली सेनाको टोली सो स्थानमा पुग्दै छ ।’
‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यहाँ पुग्न तीन-चार घन्टा लाग्छ होला,’ सिलवालले भने,‘हामी हेलिकप्टरबाट पनि पुग्न प्रयास गर्दैछौं।’
स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो ।
तारा एयरको पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको नाइन एनएइटी जहाज बिहान १०ः७ बजेसम्म शिख नजिकको आकाशमा रहँदासम्म सम्पर्कमा रहेको देखिन्छ । सम्पर्कविहीन भएको जहाजमा चालक दलका ३ जना सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन् ।


















सङ्घ–प्रदेश समन्वय सुदृढ गर्न प्रधानमन्त्री सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै
यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
प्रतिक्रिया