निजगढमा विमानस्थल बनाउन आयोजना विकास कार्यक्रम अघि बढाइने
मेरोन्यूज
२०७९ जेठ १५ गते १६:५८

काठमाडौं । सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् ।
तर, गत बिहीबार सर्वोच्च अदालतले सरकारबाट भएका निजगढमा विमानस्थल बनाउने सबै निर्णय बदर गरी त्यहाँ विमानस्थल नबनाउन परमादेश दिएको छ ।
सर्वोच्चको सो आदेशपछि आइतबार सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा निजगढ विमानस्थल बनाउने कार्यक्रम समेटिएको जानकारी दिएको हो ।
सम्बन्धित













सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया