चितवन १ घण्टामा पुग्न सक्ने गरी द्रूतमार्ग निर्माण गरिने

काठमाडौँ । सरकारले मध्य नेपालको प्रमुख ब्यापारिक केन्द्र चितवन १ घण्टामै पुग्ने गरी दुत मार्ग बनाउने भएको छ । गुणस्तरीय पूर्वाधार विकास गरी आर्थिक विकासको आधार तयार गर्न राष्ट्रिय र अन्तर प्रदेश मार्गलगायत रणनीतिक प्रकृतिका ठूला आयोजनाको क्षेत्रमा लगानी वृद्धि गर्ने निर्णय गदैं सरकारले चितवन पुग्न दुत्र मार्ग बनाउने घोषणा गरेको हो ।
संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा गर्नेगरी द्रुतमार्ग निर्माण गर्न लागिएको बताए ।
मन्त्री शर्माले चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रूतमार्ग पहिलो चरणमा निर्माण गरिने बताए ।
त्यस्तै चितवन-रामपुर-बुटवल र चितवन-रामपुर-पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अगाडि बढाइने अर्थमन्त्री शर्माले बताए । यसबाट काठमाडौंदेखि बुटवल र काठमाडौंदेखि पोखरासम्मको यात्रा छोटिने उनको भनाइ थियो ।
मिर्चैया-लुक्ला सगरमाथा द्रूतमार्गमा समेत निजी क्षेत्रको लगानी गर्ने प्रबन्ध मिलाइने उनले बताए ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया