श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन हुँदै
मेरोन्यूज
२०७९ जेठ १६ गते ७:४७

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् ।
श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएका छन् ।
महिन्दा राजापाक्षेत्रको राजीनामापछि राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘हामीले प्रस्ताव गरेका नयाँ प्रणाली अनुसार राष्ट्रपति संसदप्रति उत्तरदायी हुनेछन्। मन्त्रीहरूको मन्त्रिपरिषद् पनि संसदप्रति उत्तरदायी हुन्छ’, विक्रमासिंघेले राष्ट्रका नाममा टेलिभिजन सम्बोधनमा भने ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया