तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो, पहिचान हुन सकेन

काठमाडौं । दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका(२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ । चालक दलका तीन सदस्यसहित २२ जना सवार तारा एयरको जहाज आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो ।
फेला परेका शवको पहिचान गर्न नसकिने अवस्थामा छन् । संकलन गरिएका शवलाई काठमाडौं ल्याइनेछ । पोस्टमार्टमपश्चात परिवारलाई बुझाइनेछ । मौसम खराबीका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको खोज तथा उद्धार समन्वय केन्द्रका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
आइतबार दिनभर खोजतलास गर्दा पनि दुर्घटनास्थल पत्ता लगाउन सकिएको थिएन। सोमबारे बिहानैदेखि नेपाली सेना, एयर डाइनेष्टी, कैशाल हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरूबाट खोजतलास गरिएको थियो । सोही क्रममा फिस्टेल एयरको हेलिकप्टरले सानुसरे भन्ने ठाउँमा १४ हजार ५०० फिटको उचाइमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।
















HoR elections: Dalit community sees meager candidacies under FPTP electoral system
यस्ताे छ आज सुन चाँदीकाे मूल्य
तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार
महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया