विद्यालयमा पाठ्यपुस्तक चाँडो पठाउन अखिलको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)ले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष पञ्चा सिंहको नेतृत्वको टोलीले आज पाठ्यपुस्तक उपलब्ध गराउने विषयमा ज्ञापन पत्र बुझाएको हो ।
नयाँ शैक्षिक सत्र सुरु भए पनि सामुदायिक तथा संस्थागत विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पठनपाठन प्रभावित भएको भन्दै अखिल क्रान्तिकारीले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।
‘विद्यालय तहको पाठ्यपुस्तक छपाई गर्ने जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन, रुस–युक्रेन युद्ध साथै कोभिडलगायतलाई कारण देखाएर पाठ्यपुस्तक छाप्न ढिलाई गरी गैरजिम्मेवार देखाएको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
शिक्षा मन्त्रालय पुगेका अखिलका नेताहरूले मन्त्री पौडेलसँग भेट गरी पाठ्यपुस्तक छपाई गरी विद्यालयमा यथाशीघ्र पठाउन माग गरेका थिए ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया