पञ्जाबका गायक तथा नेता मूसेवालाको गोली हानेर हत्या
सिद्धूलाई १० पटक गोली हानिएको थियाे

एजेन्सी । पञ्जाबी गायक तथा नेता सिद्धू मूसेवालाको गोली हानेर हत्या भएको छ।
गोली लागेपछि आइतबार उनलाई सिभिल अस्पतालमा पुर्याइएको थियो । तर अस्पतालमा पुग्ने बित्तिकै उनलाई मृत घोषित गरिएको थियो ।
भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार झावाहर गाउँको एक मन्दिर नजिकै मूसेवाला र उनका साथीहरूमाथि गाडीमा अज्ञात व्यक्तिहरूले फायरिङ गरेका थिए । सिद्धूलाई १० पटक गोली हानिएको बताइएको छ।
यस घटनाको जिम्मेवारी क्यानडा बस्ने ग्याङ्गस्टार गोल्डी बराडले लिएका छन्। यसै घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई हाल अस्पतालमा भर्ना गरिएको छ ।
उनको हत्या आम आदमी पार्टी सरकारले सुरक्षा हटाएको एक दिनपछि भएको हो। उक्त सरकारले ४२४ जना व्यक्तिको सुरक्षा हटाएको थियो जसमा मूसेवाला पनि सामेल थिए। यसभन्दा अगाडि अप्रिलमा पञ्जाब सरकारले पूर्व मन्त्री र नेतासहित १८४ जनाको सुरक्षा फिर्ता लिएको थियो ।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया