प्रधानमन्त्री देउवाद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त
मेरोन्यूज
२०७९ जेठ १६ गते १६:५२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आइतबार बिहान सम्पर्कविहीन भएको तारा एयर विमान आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । घटनामा जहाजमा सवार २२ जनाको शव फेला परिसकेको छ ।
‘यात्रुवाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनु हुने विमान चालक दलका सदस्य र यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भएको थियो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया