सत्तारुढ दलले जिल्ला समन्वयको निर्वाचनमा समेत गठबन्धन गर्ने

काठमाडौँ । सत्तासिन दलहरुले कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठनबन्धन गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ दलको गठबन्धन बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गदै अब हुने गाउँ तथा नगरको कार्यपालिका निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने निर्णय गरेका हुन् ।
त्यसका लागि बैठकले गठबन्धनमा आबद्ध दलहरुको प्रदेश र जिल्ला स्तरका समितिलाई निर्देशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ले गठबन्धन दलका बीचमा कार्यपालिका र जिल्ला समन्वयमा पनि मिलेर जान सम्बन्धित प्रदेश र जिल्ला स्तरका कमिटीलाई निर्देशन गर्ने सहमति बनेको बताए ।
निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र जिल्ला समन्वय समितिको चयन गरिसक्नुपर्ने संवैधनिक व्यवस्था छ । जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, सहित अन्य ९ सदस्य रहने व्यवस्था छ ।
स्थानीय तह निर्वाचन परिणामका आधारमा कांग्रेस एक्लैको १५, एमालेको ११ र माओवादी केन्द्रको ४ जिल्लामा एकल जिल्ला समन्वय समिति बन्छ । अन्यमा कुनै न कुनै दलबीच सहमति बनाएर मात्र जानु पर्ने दलहरुको बाध्यता छ ।
गाउँ, नगर र महानगरमा भने अल्पसंख्यक, दलितलगायतको प्रतिनिधित्व कार्यपालिकामा हुने गरी व्यवस्था गरिएको छ । त्यसका लागि कार्यपालिका सदस्यहरूको पनि निर्वाचित जनप्रतिनिधिबाट मत हाल्ने गरी निर्वाचन हुने व्यवस्था संविधानमा छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया