काठमाडौँदेखि भोटेचौरसम्मको एनओजी राइड सम्पन्न

काठमाडौँ । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँदेखि भोटेचौरसम्म आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत शनिबार आयोजना भएको उक्त राइड काठमाडौँको महालक्ष्मी स्थानस्थित टीभीएसको युनिराइड शोरुमबाट शुरु भएको थियो । राइड बालकुमारी, तीनकुने, एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्ट पुगेको हो ।
उक्त राइडमा सहभागीबीच एकतामूलक विभिन्न गेम खेलाइएको थियो । उनीहरुबीच विभिन्न मनोरञ्जनात्मक र अन्तरक्रियात्मक कार्यक्रमहरु गरिएको थियो । राइडमा ७० जना राइडरका साथै मोटो भ्लगरहरू राजकुमार थापा मगर, अलिशा खड्की, ठकुरी भ्लग, आशिष भ्लगको उपस्थिति थियो ।
साथै, नेपालका प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र कलाकारहरू उषा उप्रेती र बिपिन श्रेष्ठको सहभागीता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख बिक्रम पौडेलले बताए ।
टिभिएस एनटर्कका राइडरबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनीबीच सम्बन्ध थप प्रगाढ बनाउन राइड सफल भएको उनले बताए ।












सर्वोच्चमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार
एमाले सचिवालय बैठक जारी
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
झापामा जङ्गली हात्ती मृत फेला
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
प्रतिक्रिया