हब इन्टरनेशनल एजुकेशनद्धारा ‘युके-आयरल्यान्ड फेयर २०२२’ हुने

काठमाडौँ । अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयबारे जानकारी दिन हब इन्टरनेशनल एजुकेशनले यही जेठ २६ गते ‘युके–आयरल्यान्ड फेयर, २०२२’ को आयोजना गर्ने भएको छ ।
विगत १६ वर्षदेखि सञ्चालित हब इन्टरनेश्नल एजुकेसनले आगामी जुन ९ अर्थात जेष्ठ २६ मा युके आयरल्याण्ड फेयर २०२२ का बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिमाझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले हब इन्टरनेसनले आफ्नो स्थापना कालदेखि नै बेलाबेलामा यस्तो किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको छ ।
फेयरमार्फत विद्यार्थी र अभिभावकले २० भन्दा बढी युके र आयरल्याण्डका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, , छात्रवृत्ति तथा अन्य सेवा सुविधाबारे जानकारी पाउने हब इन्टरनेसनलका युके आयरल्याण्डका काउन्सेलर सुरज घिमिरेले जानकारी दिए ।

फेयरमा उपस्थित हुने विद्यार्थी मध्येबाट १११ उत्कृष्ट विद्यारथीलाई निःशुल्क आइइएलटिएस, निःशुल्क प्रोसेसिङ र गिफ्ट ह्याम्पर प्रदान गरिने हब इन्टरनेशनलका चेयर म्यान उद्धव खड्काले जानकारी दिए ।
वैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण विद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षबारे प्रतिनिधिसँग जानकारी लिन सकिने छ ।















सिरहामा पोखरीमा महिलाको शव फेला
सङ्खुवासभामा भरुवा बन्दुकसहित एकजना पक्राउ
नेपालले लैङ्गिक समानता प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने कांग्रेसको निर्णय
Nepal Airlines to operate special rescue flight to Dubai tonight
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको विशेष प्रार्थना
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया