कालोपत्रेको काममा खटिएका श्रमिकले वर्षौँसम्म पाएनन् पारिश्रमिक

खोटाङ । खोटाङमा सडक कालोपत्रेको काममा खटिएका श्रमिकले पारिश्रमिक नपाएको भन्दै निर्माण कम्पनीको एक्स्काभेटर, ग्रेडर, लोडरलगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको छ ।
दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत राजापानी (सिमपानी)–फोक्सिङटार सडक कालोपत्रेको काममा श्रम गरिरहेका श्रमिकले लामो समयदेखि पारिश्रमिक नपाएको विरोधमा निर्माण कम्पनी देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीको एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान रोक लगाएको हो । निर्माण कम्पनीले आइतबार निर्माणस्थलबाट एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका उपकरण अन्यत्र लैजान खोज्दा सडक कालोपत्रेका क्रममा पसिना बगाइरहेका श्रमिक, उधारो सामान दिएका व्यवसायी र घर भाडा दिएका स्थानीयले अवरोध गरेका छन् ।
सडक कालोपत्रेका काममा श्रम गरिरहेका श्रमिक, व्यवसायी र स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयलाई निबेदनमार्फत श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माण स्थलमा भएका निर्माण सामग्री अन्यत्र लैजान नदिने जानकारी गराएका छन् ।
१२ जना निवेदकका अनुसार निर्माण कम्पनीबाट २०७६ सालदेखि विभिन्न स्थानमा घरभाडा, ज्यामीको पारिश्रमिक, गाडीभाडा र खाद्यान्नको गरी करिब १ करोड ५८ लाख २१ हजार ५९४ रकम भुक्तानी गर्न बाँकी छ ।
निर्माणका क्रममा प्रयोग भइरहेको एक्स्काभेटर, ग्रेडर, लोडर लगायतका सामग्री विभिन्न बहानामा अन्य ठाउँमा लैजान खोजिएको भन्दै उनीहरूले श्रमिकको पारिश्रमिक, घरभाडा, गाडीभाडा र खाद्यान्नको भुक्तानी चुक्ता नगरेसम्म निर्माणस्थलमा भएका सामग्री अन्यत्र लैजान नदिने निवेदन गरेका हुन् । उनीहरूले सडकले छोएको दिप्रुङ चुईचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकालाई बोधार्थ पठाएको छ ।
५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले ११ साउन २०७३ मा राजापानी ९सिमपानी०–फोक्सिङटार ९२७ किलोमिटर० खण्डको सम्झौता गरेको थियो । तर, सो खण्डको हालसम्म करिब ६० प्रतिशत मात्र प्रगति भएको छ । कोभिड–१९ को महामारी कारण देखाएर सडक कालोपत्रेको म्याद गत चैतसम्म थप गरिएको थियो ।
महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत माहुरेदेखि राजापानीको सिमपानी ९२२ किलोमिटर० सडक कालोपत्रेको काम भने भारत कन्स्ट्रक्सनरसिद्धी शाही जेभी गरिरहेको छ । सो खण्डको काममा पनि चरम ढिलासुस्ती भइरहेको छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया