बुधबार, माघ ७, २०८२

घुससहित अमिन रायमाझी पक्राउ

मेरोन्यूज २०७९ जेठ १७ गते १४:५३

काठमाडौँ । नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिका १२ स्थित जग्गाको हालसाबिक गरिदिने भन्दै उनले ३० हजार घुस लिएका थिए ।

प्रतिक्रिया