एनएमबिद्धारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको सहयोगमा ५,७२८ थान चुल्हो बितरण

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) काRESULT BASED FINANCING परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो बितरण गरिएको छ । बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।
परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल SNV संग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।
बैंकको लघुबित्त बिभागले SNV संग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ । यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, बिषेशगरि महिला दिदी बहिनिहरुल्े भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुवां धुलोमा कमिको कारणले बायूु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुंवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमि हुने बिश्वास लिईएको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।












सहमतिका आधारमा केन्द्रीय समितिले विशेष महाधिवेशन आह्वान गर्नुपर्छ : शेखर कोइराला
Schools shut in Kanchanpur due to excessive cold
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम राख्न आह्वान
लागुऔषधसहित गोंगबुबाट दुईजना पक्राउ
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
क्यानको वार्षिक खेल तालिका सार्वजनिक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया