शुक्रबार, पुष २५, २०८२

सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेश ग्रुपबीच सम्झौता

मेरोन्यूज २०७९ जेठ १९ गते १९:१२

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.बीच सेवा सुविधामा २० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बैंकका कर्मचारीलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सेञ्चुरी कमर्सियल बैंकका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया