लागु औषध खैरो र सेतो हिरोइनसहित भारतीय युवक पक्राउ
मेरोन्यूज
२०७९ जेठ १९ गते २१:४४
काठमाडौँ । नेपाल प्रहरीले लागु औषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ भगतसँग खैरो हिरोइन १०३ ग्राम र सेतो हिरोइन चार ग्राम बरामद गरेको छ ।
पक्राउ परेका भगतलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया