रामजी रामले एमबीबीएस पास भएको खुसी साट्दै भने – ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ’

रौतहट । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन् । वीरगञ्जको नेशनल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरबाट उनले एमबीबीएस उत्तीर्ण गरेपछि बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा बुवासँगैको फोटोसहित स्ट्याटस लेखेका छन्, ‘बुवा अन्ततः म एमबीबीएस पास भएँ ।’
अति गरीब तथा विपन्न समुदायका रामले एमबीबीएस सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्द निकै सास्ती भोगेका थिए ।
एमबीबीएस चौथो वर्षमा पुग्दा समेत कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको थियो । चौथो वर्षमा कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको थियो । उनले आफूले अतिरिक्त शुल्क नतिर्ने अडान राखेपछि कलेजले फारम भर्न रोक लगाएको थियो । अतिरिक्त पैसा नतिरेकै कारण उनलाई कलेजले परीक्षा हलबाट बाहिर समेत निकालिदिएको थियो । सरकारले २०७२ को बजेट वक्तव्यमा अति विपन्न समुदायका डोम, मुसहर, चमार र वादी विद्यार्थीलाई मेडिकल र इन्जिनियरिङमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो । सोही छात्रवृत्ति पाएर रामजी नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले कलेजमा आन्दोलन गरे भने सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमले चर्को आवाज उठाए । आओएमले चौतर्फी प्रश्न आएपछि निशुल्क गर्न पत्रै काटेको थियो । अन्य वर्षको भन्दा चौथो एवम् अन्तिम वर्षको परीक्षामा निकै सास्ती खेप्नुपर्यो ।
रामले आफूलाई एमबीबीएस उत्तीर्ण गराउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिंदै उनले परीक्षा अझै बाँकी रहेको समेत उल्लेख गरेका छन् । ‘परीक्षाहरू सकिएको छैन, किनकी एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेसा लिइरहेको हुन्छ । जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरू कहिल्यै सकिन्न । जीवनका बाँकी परीक्षाहरूमा पनि यहाँहरूको साथ, हौसला र सहयोग मिलोस् भन्ने कामना गर्दछु ।’ दलित समुदायबाट प्रतिनिधित्व गर्ने उनको सफलतामा खुसी हुँदै सामाजिक सञ्जालमा धेरै जनाले बधाई दिएका छन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया