यु-१९ महिला टी-२० विश्वकप छनोट : सुखद् सुरुवातको दाउमा नेपाल

काठमाडौं । यु-१९ महिला टी-२० विश्वकप छनोटमा आज शुक्रबार कतारविरुद्ध मैदान उत्रिँदा नेपाल प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा रहनेछ ।
प्रतियोगिताको लागि १४ खेलाडीसहित नेपाली टिम यसअघि नै मलेसिया पुगिसकेको छ ।
नेपालकी कप्तान कृतिका मरासिनीले पछिल्लो एक महिनादेखि निरन्तर बन्द प्रशिक्षणमा रहेकाले विश्वकप छनोटमा नेपालले अघिल्लो चरणमा स्थान बनाउनेमा विश्वस्त रहेको बताएकी छिन् ।
६ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्काे वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ ।
प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।
नेपालको तुलनामा अन्य टोली कमजोर देखिए पनि नेपालको खास परीक्षा थाइल्यान्डविरुद्ध हुनेछ । पछिल्लो समय थाइल्यान्डविरुद्ध नेपाली टिमको प्रदर्शन सन्तोष जनक रहन सकेको छैन ।
बाँकी खेलमा नेपालले शनिबार यूएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।
नेपाली टिमः
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनिषा उपाध्याय, अन्जली बिक, मनिषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत, सुस्मिता भुसाल
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया