मृतक बिमित परिवारलाई युनियन लाइफले दियो १४ लाख

खोटाङ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका -२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो ।
शुक्रबार दिक्तेलमा एक कार्यक्रम आयोजना गरेर कम्पनीका बागमती प्रदेश प्रमुख राजु श्रेष्ठले मृतक बिमितका श्रीमती सुर्जाकुमारी बस्नेतलाई मृत्यु दाबीबापत प्राप्त हुने कुमारी बैंकको चेक हस्तान्तरण गरेका हुन् ।
बस्नेतले वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया जानुअघि १३ फागुन २०७७ मा वैदेशिक रोजगार म्यादी जीवन बिमा गरेका थिए । बिमा गरेर मलेसिया पुगेका बस्नेतको २ असोज २०७८ मा मृत्यु भएको थियो ।
मृतक बिमितको बिमांक दाबी रकमबापत १० लाख, क्रिया खर्चबापत एक लाख, शव ल्याउँदाको खर्चबापत एक लाख र आय नोक्सानीवापत दुई लाख रकम उपलब्ध गराइएको कम्पनीका खोटाङ शाखा प्रमुख नरेन्द्र ढकालले बताए ।
दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक पदम बिष्ट, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका ओखलढुंगा शाखा प्रमुख तेजप्रसाद ढकाल, कम्पनीका खोटाङ एजेन्सी मेनेजर मनोज थापा, मृतक परिवारका छिमेकी चन्द्र कार्की लगायतको उपस्थितिमा मृत्यु दावी रकम हस्तान्तरण गरिएको हो ।















भरतपुरमा बसपार्कबाहेक अन्यत्रबाट टिकट काट्न नपाइने
स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु
काठमाडौंमा वायु प्रदूषणको स्तर चिन्ताजनक, सावधानी अपनाउन प्रहरीकाे आग्रह
सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
प्रतिक्रिया