शनिबार, पुष १९, २०८२

एनएमबी बैंकद्वारा ‘छोरी’मा वित्तीय साक्षरता कार्यक्रम

मेरोन्यूज २०७९ जेठ २० गते १८:२८

काठमाडौँ । एनएमबी बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलालाई उद्धार तथा सशक्तिकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध सबैलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदी बहिनीको उपस्थिति थियो । बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित सबैलाई उत्प्रेरणाको साथैै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने वित्तीय शिक्षा प्रदान गरिएको थियो ।

कार्यक्रममा एनएमबी बैंकका तर्फबाट कर्मचारी डा. बुद्धि मल्ल, शरद पौडेल, नविन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति थियो । विगतका वर्षदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको बैंकले महिला सशक्तिकरणका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्दै आएको छ ।

एनएमबी बैंकले ‘दि फिनान्सियल टाइम्स’, ‘लण्डनको द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको थियो । बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया