दुर्घटनामा परी युवकको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २० गते २०:११
काठमाडौँ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा ३ को तीनताप्केमा खुकुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।
घटनामा हेटौंँडा ६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो । एक दिनअघि सोही ठाउँमा ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर ८ का ३१ वर्षीय सन्दिप अर्यालको मृत्यु भएको थियो ।
हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिँदा चालक अर्यालको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित


















परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
यस्तो छ आज तरकारीको थोक मूल्य
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
मातातीर्थमा मातृभक्तको भीड
लेबनान र इजरायलबिच १० दिने युद्धविराम
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया