अनैतिक सूचना सप्रेषण गरेको भन्दै ‘नेपालआज डटकम’ सूचीकरणबाटै हटाइयो
काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई सूचीकरणबाट हटाएको छ । शुक्रबार एक सूचना जारी गर्दै अनैतिक सूचना सप्रेषण गरेको भन्दै सूचीकरणबाट हटाएको हो ।
आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रने अवसर दिँदा पनि नसुध्रेको भन्दै अनलाइनलाई सूचीकरणबाटै हटाउने निर्णय गरेको जनाएको छ ।
काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानी गर्ने समाचार निरन्तर सम्प्रेषण गर्दै आएकोसमेत देखिएको हुँदा उक्त अनलाइन सञ्चारमाध्यमलाई सूचीकरणबाट हटाउने र नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध संघसंस्थासँग छलफल गरी थप कारबाही गर्ने निर्णय भएको छ ।’
अनलाइनका सञ्चालक माधवप्रसाद गुरागाईंले एक महिला पत्रकारविरुद्ध हिंसा, ज्यादती, मानसिक यातना दिँदै आएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।



















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया