निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पक्षमा र्याली

काठमाडौँ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशको पक्षमा प्रर्दशन भएको छ । प्रभावित क्षेत्र टांगियाबासीले शनिबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेको हो ।
टांगियाबासीले सर्वोच्च अदालतले दिएको उक्त फैसलाको पक्षमा ऐक्यबद्धता जनाएका हुन । विनाविकल्प सो विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश आएकाले त्यसको कार्यान्वयनको माग गर्दै आफूहरुले ऐक्यबद्धता स्वरुप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रर्दशन सुरु गरिएको स्थानीय नवराज सञ्जेलले बताए ।
उनले तत्काल सो विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न सरकारसँग माग गरे । स्थानीयले ५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएकालाई विस्थापित गराउने षडयन्त्र राज्यबाट भइरहेको भन्दै आपत्ति जनाउँदै आएका छन ।
प्रभावित क्षेत्रका बासिन्दालाई सो बस्तीको विकल्पमा लालपूर्जासहितको जमिन तत्काल उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया