अछाममा १५ वर्षीय किशोर बेपत्तापछि मृत फेला
मेरोन्यूज
२०७९ जेठ २१ गते १७:४९
काठमाडौँ । पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाही मृत फेला परेका छन् । उनी विगत पाँच दिनदेखि बेपत्ता भएका थिए ।
शनिबार बिहान गाउँ नजिकैको जंगलमा शाहीको शव भेटिएको अछाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेठ १७ गते गाउँकै युवाबीच झगडा भएपछि उनी बेपत्ता भएका थिए ।
त्यस दिन युवाहरूबीच झगडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो । झगडा स्थलमा प्रहरी पुगे पनि त्यसै दिनबाट शाही बेपत्ता भएका थिए ।
प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा प्रहरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको छ ।
यस्तै, स्थानीय महिलाहरूले आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया