अछाममा १५ वर्षीय किशोर बेपत्तापछि मृत फेला
मेरोन्यूज
२०७९ जेठ २१ गते १७:४९
काठमाडौँ । पञ्चदेवल विनायक नगरपालिका ४ का १५ वर्षीय विनोद शाही मृत फेला परेका छन् । उनी विगत पाँच दिनदेखि बेपत्ता भएका थिए ।
शनिबार बिहान गाउँ नजिकैको जंगलमा शाहीको शव भेटिएको अछाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जेठ १७ गते गाउँकै युवाबीच झगडा भएपछि उनी बेपत्ता भएका थिए ।
त्यस दिन युवाहरूबीच झगडा साम्य पार्न प्रहरी गाउँमै पुगेको थियो । झगडा स्थलमा प्रहरी पुगे पनि त्यसै दिनबाट शाही बेपत्ता भएका थिए ।
प्रहरीले झगडा गर्ने युवाहरूलाई नियन्त्रणमा लिन खोज्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा प्रहरीले एक युवकलाई लछारपछार गर्दै नियन्त्रणमा लिएको छ ।
यस्तै, स्थानीय महिलाहरूले आफूहरूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सम्बन्धित
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया