टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २१ गते १९:३२
काठमाडौँ । पृथ्वीराजमार्ग सडक खण्डअन्र्तगत व्यास नगरपालिका १२ देउरालीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर १ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटनापश्चात स्थानीयवासीले पृथ्वीराजमार्ग सडक खण्ड अवरुद्ध गरेका छन् ।
सम्बन्धित


















सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया