यी हुन् नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेको सूची
बालुवाटारमा पुग्यो नयाँ मन्त्रीको नाम

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो तर्फबाट मन्त्री फेर्ने भएको छ । सचिवालय बैठकबाट निर्णय गरेर नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री फेर्न लागेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकेको छ ।
प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरूको नामसमेत नेकपा एकीकृत समाजवादीले पठाइसकेको छ । एकीकृत समाजवादीका एक नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार अहिले राज्यमन्त्री रहेका भवानी खापुङबाहेक सबै मन्त्री फिर्ता हुने छन् ।
राज्यमन्त्री खापुङलाई भने स्वास्थ्य मन्त्रीका रुपमा बढुवा गरिने छ । अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, शहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँबर मन्त्री हुने छन् । यो नाम बालुवाटारमा पठाइसकिएको ती नेताले जानकारी दिए ।हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ ।
यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया