बिहीबार, वैशाख १७, २०८३

नेपालमा समय अगावै मनसुन भित्रिए पनि आत्तिनु पर्ने अवस्था छैन : विभाग

मेरोन्यूज २०७९ जेठ २३ गते १३:३३

काठमाडौं । नेपालमा समय अगावै मनसुन भित्रिएपनि आत्तिनु पर्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement
NiccNicc

यस वर्ष समयभन्दा लगभग हप्ता दिनअगाडि नै नेपालमा मनसुन प्रवेश गरेको हो । विभागका अनुसार यस वर्ष जुन ५ मा मनसुन पूर्वी क्षेत्रबाट नेपाल भित्रिएको छ । नेपालका सबै क्षेत्रमा मनसुन सक्रिय हुन हप्ता दिन लाग्ने विभागले जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले सधैँ एकै समय र मितिमा मौसम भित्रिने भन्ने नभएको भन्दै यसलाई नकारात्मक रुपमले लिन नहुने बताईन् ।
उनले हरेक वर्ष सामान्यतया नेपालमा १३ जुनपछि मात्रै मनसुन भित्रिने गरेको तर यस वर्ष भने ५ जुनमा नै मौसम भित्रिसकेको बताईन् । उनले बंगालको खाडी आसपास विकसित न्यून चापीय क्षेत्रका कारण आईतबारबाट नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरेको बताइन् । गत वर्ष नेपालमा १० जुनमा मनसुन भित्रिएको थियो ।

‘यो वर्षको मौसम छिटो आएको छ । सामान्यतया हाम्रो मौसम जुन १३ पछि आउने गर्दथ्यो । यो वर्ष जुन ५ मा नै मौसम नेपाल प्रवेश गरेको छ । सबै वर्ष यस्तै हुनुपर्छ भन्ने छैन । कहिले ढिलो, कहिले छिटो हुन्छ नै । त्यसैले यसवर्ष छिटै भयो, के भयो भनेर चिन्ता गर्नुपर्ने आवश्यक छैन ।’उनले भनिन्, ‘तीन दिनको मौसमको कुरा गर्दा प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना केही स्थानहरुमा छ । पनि सम्भावना रहन्छ । त्यसैले अलि शतर्क रहनुपर्ने देखिन्छ । बाढीको कुरा गर्दा साना खोला बढ्ने तत्काललाई ठूला नदीहरुमा त्यस्तो शतर्कता अपनाउनु पर्ने देखिएको छैन, तर बिस्तारै साना नदीहरुमा मनसुन लागिसकेकोले पानी बढ्ने क्रम हुन्छ ।’

विभागले आगामी तीन दिन प्रदेश १ देखि गण्डकी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । मेघगर्जन चट्याङको सम्भावना रहेको भन्दै विभागले शतर्कता अपनाउन आग्रह गरेको छ । प्रवक्ता पोखरेलले मनसुनका कारण वर्षाको सम्भावना रहेको भन्दै साना नदीहरुमा बाढी आउनसक्ने बताईन् ।

प्रतिक्रिया