शुक्रबार, वैशाख ४, २०८३

बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयकाे रोक

मेरोन्यूज २०७९ जेठ २४ गते ९:२५

काठमाडौं । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । (आज) मंगलबार काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने बताएका छन् ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ । काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि सहमतिको प्रयास भइरहेको छ।  स्थानीय जनप्रतिनिधिले फोहोरको बारेमा सहमति गरेपछि मिलाउने काम पनि उनीहरुकै रहेको राई बताउँछिन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया