एनएमबी बैंकद्वारा वृक्षारोपण, वातावरण सरंक्षणमा जोड

कठमाडौँ । एनएमबी बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै ‘एनएमबी ग्रिन फिक्सड डिपोजिट’ अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । श्यामेश्वर गणेशमान स्मृति सामुदायिक वन, नागार्जूनमा विभिन्न प्रकारका विरुवा रोपेको हो ।
उक्त सामुदायिक वनमा एनएमबीमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकको नाममा विभिन्न प्रजातिका १२५ विरुवा रोपिएको हो । कार्यक्रममा सामुदायिक वनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वती अर्याल, बैंकका कर्मचारीलगायत सर्वसाधारणको उपस्थिति थियो ।
यस योजनामार्फत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमूलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ ।
एनएमबी बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।















राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु
भेनेजुएलामा ठूलो मात्रामा लागूऔषध बरामद
यी ५१ दलले कटाएनन् थ्रेस होल्ड
Gold price up, silver holds steady
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया