हिंसा पीडित बालबालिकाको सारथी जिल्ला सेवा केन्द्र
जुम्ला । हिंसात्मक घटना कारण प्रभावित बालबालिकालाई लक्षित गरेर १३ वर्षअघि जुम्लामा जिल्ला सेवा केन्द्र स्थापना भयो । यही सेवा केन्द्रले हालसम्म ७१५ जना हिंसा पीडित तथा बालबालिकालाई सेवा दिएको जनाएको छ ।
सेवा केन्द्रमा आर्थिक हिंसा, गाली बेइज्जती, बहु विवाह, बलात्कार, मानसिक यातना, घर निकालादेखि नाता कायम नभएका बालबालिकाहरू आउने गरेको सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।
चुनौतीपूर्ण ढंगले पीडित बालबालिकाको पक्षमा सेवा केन्द्र उभिएको भन्दै उनले भनेकी छिन्, ‘हामी सेवा दिन महिला आफैं असुरक्षित छौँ । हामीलाई समेत ज्यान मार्ने धम्की आउँद्ध । तर, पनि पीडितको न्यायका लागि लडिरहेका छौँ ।’
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिंसामा परेका महिला तथा बालबालिकाको दीर्घकालिन ब्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
जिल्लाकै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले हिंसापीडित महिला र बालबालिकाको सेवालाई प्रथामिकता दिने बताए ।
उनले महिला हिंसा न्यूनीकरण गर्न सबै पक्षसँग सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता जनाए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया