हिंसा पीडित बालबालिकाको सारथी जिल्ला सेवा केन्द्र
जुम्ला । हिंसात्मक घटना कारण प्रभावित बालबालिकालाई लक्षित गरेर १३ वर्षअघि जुम्लामा जिल्ला सेवा केन्द्र स्थापना भयो । यही सेवा केन्द्रले हालसम्म ७१५ जना हिंसा पीडित तथा बालबालिकालाई सेवा दिएको जनाएको छ ।
सेवा केन्द्रमा आर्थिक हिंसा, गाली बेइज्जती, बहु विवाह, बलात्कार, मानसिक यातना, घर निकालादेखि नाता कायम नभएका बालबालिकाहरू आउने गरेको सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।
चुनौतीपूर्ण ढंगले पीडित बालबालिकाको पक्षमा सेवा केन्द्र उभिएको भन्दै उनले भनेकी छिन्, ‘हामी सेवा दिन महिला आफैं असुरक्षित छौँ । हामीलाई समेत ज्यान मार्ने धम्की आउँद्ध । तर, पनि पीडितको न्यायका लागि लडिरहेका छौँ ।’
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले हिंसामा परेका महिला तथा बालबालिकाको दीर्घकालिन ब्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइन् ।
जिल्लाकै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिहं कठायतले हिंसापीडित महिला र बालबालिकाको सेवालाई प्रथामिकता दिने बताए ।
उनले महिला हिंसा न्यूनीकरण गर्न सबै पक्षसँग सहकार्य गर्दै जानेसमेत प्रतिबद्धता जनाए ।
















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया