बिहीबार, माघ ८, २०८२

अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जर्नेल भोलि काठमाडौं आउँदैं

मेरोन्यूज २०७९ जेठ २५ गते ११:१७

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमान्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आउन लागेका छन् ।

उनी भोलि विहीबार नेपाल भ्रमणमा आउनेछन् । अमेरिकी सेनाको विशेष विमानबाटउनी नेपाल आउनेछन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व अमेरिकी सेनाका वरिष्ठ जर्नेल फ्लाएनले २६ देखि २९ जेठसम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालका अनुसार फ्लाएनको भ्रमण तय भए पनि प्रधानसेनापति शर्मासँग भेट गर्ने बाहेकको अन्य कार्यतालिका स्वीकृत भइसकेको छैन ।

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको असार दोस्रो साता तिर अमेरिका भ्रमणको तयारी चलिरहेको र प्रधान सेनापतिको भ्रमण तय भइसकेको अवस्थामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मन्त्रिपरिषदले प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असारसम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।

त्यसअघि शर्माको ४ देखि १० असारसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया