तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
मेरोन्यूज
२०८२ माघ ८ गते ८:३९

बुधबार साँझ बर्दियामा चितुवाले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-११ बेलभारकी ५५ वर्षीय खिदनी थारू छिन्। गाउँनजिकै रहेको आफ्नो बारीमा तोरी काटिरहेको समयमा बुधबार साँझ करिब साढे ५ बजेतिर उनलाई चितुवाले आक्रमण गरेको हो।
नजिकै अन्य किसान पनि तोरि काटिरहेको बेला थारुलाई एक्कासी चितवुवाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चितुवाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पाेस्ट मार्टमकाे लागि बर्दिया अस्पताल गुलरियामा राखिएको छ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूका अनुसार पछिल्लो समय बर्दियामा चितुवासहितका वन्यजन्तुको आतंक बढ्दै गएको छ।
गएको साउन यता मात्रै बर्दियामा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ
सम्बन्धित
















कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
प्रतिक्रिया