शेयर बजारमा भारी सुधार, एकै दिन बढ्यो उच्च अंक

काठमाडौँ । लामो समयदेखि लगातार गिरावट हुँदै आएको शेयर बजारमा आज सुधार भएको छ । गिरावटसँगै दुई हजार नजिक आइपुगेको शेयर आज एकै दिन ६०.२२ अंकले बढेको छ ।
योँसगै बजार दुई हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज एकै दिन १३ वटै उपसमूहमा सुधार आउँदै हरियाली भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बीमा समूह ३.८४ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, माइक्रोफाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बीमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् ।
बैंकिङ समूह २.११ प्रतिशतले वृद्धि हुँदा इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले वृद्धि भएको छ । २३१ कम्पनीका ५० लाख ५ हजार कित्तामाथिको सेयर बजारमा ३० हजारभन्दा बढीपटक किनबेच हुँदा आज एक अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।














युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया