एनएमबी बैंक र विण्ड पावर नेपालबीच सम्झौता, आधुनिक कृषिमा सहयोग पुग्ने

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्न विण्ड पावर नेपाल प्रा.लि.सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्र बमोजिम बैंकले विण्ड पावर नेपालबाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरिद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउने छ ।
हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखि १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।
एनएमबी बैंक कृषि, पूर्वाधार र ऊर्जामा लगानीमार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिका लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ । यसबाहेक बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुर्याउँदै आएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।













चितवनका सडकमा १००+ नामीको उत्सव : डोङफेङको विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मतः कांग्रेस नेताहरू
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
कारागारमा ज्यान गुमाएका चौधरीको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया