दाङमा बस दुर्घटना हुँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर
मेरोन्यूज
२०८२ पुष २७ गते १७:३०

घोराही (दाङ) । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले उल्लेख गरे। प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया